भारतमा तीन नेपालीको हत्या

११ कार्तिक २०७६, सोमबार १३:४२
 

सदरलाइनडटकम,
बैतडी : भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ शुक्रवार हत्या भएपनि आइतवार मात्रै जानकारी भएको छ । बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका बैतडीका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए ।
उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्ष यतादेखि मजदुरी गर्दै आइरहेको परिवारले जनाएको छ । हरे बोहराकी श्रीमती किर्रा बोहरा फरार रहेकीले घटनामा उनको संलग्नता हुनसक्ने आशंका गरिएको उपप्रमुख बोहराको भनाइ छ । मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र सोमवार बिहानै आफन्तहरु पिथौरागढ जाने जनाइएको छ ।
बीरा केही महिनाअघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएको र उतै मजदुरी गर्दै आएका थिए । तीनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन ।

Next Post

६ लाखसहित दाङमा आठ जुवाडे पक्राउ

११ कार्तिक २०७६, सोमबार १३:४२
सदरलाइनडटकम, दाङ : दाङको लमही नगरपालिका–५ लमही बजारबाट ६ लाख ७८ हजार ५०० रुपैयाँसहित आठजना पक्राउ परेका छन् । उनीहरुलाई सोमवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]