छोरीको हत्यापछि बाबुद्वारा आत्महत्या

६ आश्विन २०७६, सोमबार १९:०४
 

सदरलाइनडटकम,
कैलाली : तीन वर्षीया छोरीको हत्या गरी धनगढीमा बाबुले आत्महत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले विषादी दिएर छोरीको हत्या गरेका हुन् । त्यसपछि आफूले पनि विषादी खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनले तीन वर्षीया छोरी अनुष्कालाई विषादी खुवाएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुन्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए । सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
साउन २२ गतेको अदालतको इजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए । छुटेको झन्डै डेढ महिनापछि उनले नाबालक छोरीसहित बिष खाएर आत्महत्या गरेका हुन् । यसबारेमा अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए । उनले भने, ‘सफाइ पाइसकेपछि उनले किन छोरीको हत्या गरेर आफूले आत्महत्या गरे भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ ।’
अदालतको फैसलामा सुसाइट नोट लेखेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आइतवार राति विष खाएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

Next Post

बाँकेमा डेंगु संक्रमितको संख्या ५७ पुग्यो, एकको मृत्यु

६ आश्विन २०७६, सोमबार १९:०४
रुद्र सुवेदी , नेपालगन्ज  :  सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा भने बाँकेमा उपचारका लागि आएका डेंगुका विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् । भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेल बाहेक सबै किनेर […]

सम्बन्धित