कोहलपुर प्रहरीद्वारा फरार अभियुक्तलाई गोली प्रहार गरी पुन नियन्त्रणमा (भिडियो सहित )

१६ भाद्र २०७६, सोमबार १९:०२
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  :  चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको । ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडानं. ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
अभियुक्त न्यौपाने भारतबाट नेपालगञ्ज आउदै गरेको सुचना पाएको प्रहरीले जमुनाहबाट नियन्त्रणमा लिएर ईलाका प्रहरी कोहलपुर ल्याउने क्रममा राँझा विमानस्थल नजिकै भाग्न खोजेपछि प्रहरीले फायर गरी घाइते बनाएर नियन्त्रणमा लिएको हो । प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही आफैले अभियुक्त न्यौपानेमाथि गोली प्रहार गरेका थिए ।
गोली लागेर घाईते भएका न्यौपानेलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
न्यौपानेलाई २०६८ साल पुस २१ गते चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको थियो ।

यसरी हानियो गोली

जिल्ला अदालत बर्दियाले २०६८ पौष २१ गते डाँका चोरी मुद्धाका प्रतिवादी बाँके बैजानथा गाँउपालिका वडा नं. ४ बानियाभारका नरेन्द्र न्यौपाने, डिल्ली वली र मंगल शाहीलाई ६ वर्ष कैद र २७ हजार ९ सय जरिवाना तोकेको थियो ।
अदालतको फैसला तगत्तै फरार रहेका तिनै जना मध्ये प्रतिवादी न्यौपाने भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार न्यौपानेलाई जमुनाह भन्सारबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका न्यौपानेलाई मोटरसाईकलमा कोहलपुरतर्फ ल्याउँदै गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राँझा चोकमा न्यौपाने भाग्ने प्रयास गर्दा प्रहरीले न्यौपानेमाथी गोली चलाएको थियो । प्रहरीले न्यौपानेको देब्रे खुट्टामा गोली हानी पुनः नियन्त्रणमा लिएको थियो ।
न्यौपाने लगायतको टिमले २०६८ सालमा बर्दिया बाँसगढी नगरपालीका १ देउरालीमा हातहतीयार देखाई युएनको गाडी लुटपाट तथा तोडफोड गरेको प्रहरीले जनाएको छ। भिडियो हेर्नुहोस


Next Post

सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनाईदै

१६ भाद्र २०७६, सोमबार १९:०२
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली हिन्दू महिलाहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । तीजको ब्रत बसेका महिलाले बिहानै उठेर स्नान गरीे व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको […]