डोरिअन आँधीका कारण अमेरिकामा आपातकाल घोषणा

१६ भाद्र २०७६, सोमबार १७:२८
 

सदरलाइनडटकम,
काठमाण्डौ : आधुनिक समयकै सबैभन्दा शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी उत्तर पश्चिमी बहमासमा पुगेको छ । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा रहेको डोरिअन क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी हो । आँधीले बहमासको अबाको द्वीपमा पनि आतंक मच्चाएको छ ।
आँधीका कारण भूस्खलन हुँदा कैँयौ घरमा क्षति पुगेको छ । बहमासको पर्यटन मन्त्रालयका महानिर्देशकले भने, ‘डोरेन आँधीका कारण अहिलेसम्म कसैको ज्यान गएको खबर प्राप्त भएको छैन । यद्यपि आँधीका कारण बहमासमा २९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधीसँगै भूस्खलन भएको छ ।
अब यो आँधीले फ्लोरिडामा आतंक मच्चाउन सक्छ, यसर्थ पहिले नै ‘अलर्ट’ गरिएको छ ।’ अमेरिकी राज्यहरु फ्लोरिडा, जर्जिया, उत्तर र दक्षिण क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ । आँधीका कारण कतिपय ठाउँमा बत्ति छैन भने कतिपय ठाउँमा इन्टरनेट सेवा पनि सुस्त छ ।
चक्रवाती आँधी डोरन द्रूत गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आँधीलाई मध्यनजर गर्दै आफ्नो पोल्याण्ड भ्रमण पनि रद्द गरेका छन् ।
(एजेन्सी)

Next Post

महिला भलिबलको उपाधि पुलिस क्लबको पोल्टामा

१६ भाद्र २०७६, सोमबार १७:२८
सदरलाइनडटकम, कास्की : राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जीतेको छ । लामाचौर तीज महोत्सवअन्तर्गत सोमवार पोखरामा भएको फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमी काठमाण्डौलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जीतेको हो । चार पटकको च्याम्पियन न्यू डायमण्डलाई स्तब्ध बनाउँदा पुलिसले पहिलो सेट १५–१६ ले जीतेको […]