रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

१४ भाद्र २०७६, शनिबार १६:३२
 

सदरलाइनडटकम,
रोल्पा : तीज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्किने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्याएर फर्किने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको मृत्यु भएको हो । हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । वर्षायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भएनभएको पत्ता लगाउन कठिन भएको प्रहरीले बताएको छ ।

Next Post

स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन स्थगित

१४ भाद्र २०७६, शनिबार १६:३२
सदरलाइनडटकम, दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले १७ गतेसम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज पञ्चमीलाई दृष्टिगत गर्दै संघर्षका कार्यक्रम स्थगित गरिएको अभियानका संयोजक विकिरण गौतमले जानकारी दिए । प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै संघर्षमा उत्रिएको अभियाननले १७ […]