सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवार राती दुर्घटना हुँदा चार जना घाईते भएका छन् । कारकाँदो नजिकै दाङबाट नेपालगञ्ज आउँदै गरेको बा २ ख १६९७ नम्बरको हायस दुर्घटनामा परेको हो । नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय नजिकै सडक वत्तीको पोलमा हायस ठोक्किएको थियो ।
दुर्घटनामा चार जना घाईते भएपनि दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पताल नर्सिङ होममा उपचार भईरहेको छ । दुर्घटनामा परी नेपालगञ्ज १८ का ३८ बर्षीय गाडी चालक चक्रबहादुर रावत र सोही स्थानका वर्षीय टिका देवकोटा गम्भीर घाइते भएका छन् भने नेपालगञ्ज १८ का १५ बर्षीय मेराज साई र कोहपुर १० का १८ बर्षीय वारिस बेहना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दाङबाट आउँदै गरेको हायस शुक्रवार राती साढे ९ बजे सडकको बीच डिभाइडरमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो । दुर्घटनामा परी हायसको अगाडीको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने विजुलीको पोल र पोलमा राखिएको सोलार बत्तीमा समेत क्षति पुगेको छ । दुर्घटनालगत्तै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी अस्पताल लगेका थिए । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।