सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दियाका एक जना सहायक बन अधिकृतलाई अख्तियारले घुस रकमसहित नियन्त्रणमा लिएको छ । सब डिभिजन बन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत अनिलकुमार गुप्तालाई दश हजार रकमसहित अख्तियार शुक्रवार नियन्त्रणमा लिएको हो ।
उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत गुप्ताले सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए ।
बाँसगढीस्थित सब डिभिजन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत गुप्तालाई बाँसगढी नगरपालिका वडा नं. ७ देउडाकलाबाट घुस रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Next Post
दुर्घटना हुँदा चार घाईते, दुईको अवस्था गम्भीर
६ भाद्र २०७६, शुक्रबार १९:३४
सम्बन्धित
-
३ कार्तिक २०७९, बिहीबार १६:३४
ग्रामीण भेगमा प्रतिनिधि सभा बाँके क्षेत्रनं.२ का उम्मेदवार दिवाकर खनाल
-
२१ असार २०७८, सोमबार १३:००
कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु
-
१५ पुष २०७५, आईतवार १५:५१
बाँकेमा यस वर्ष छिट्टै योजना कार्यान्वयनको चरणमा
-
२० कार्तिक २०७८, शनिबार १५:१४
नेपालगञ्जमा साढे ४ लाख नगदसहित ४८ जुवाडे पक्राउ
-
८ माघ २०८०, सोमबार १३:३४
दाङको रिहारमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
-
२३ बैशाख २०७७, मंगलवार ०८:२२
बाँकेमा थप ७ जनामा कोरोना पुष्टी