सदरलाइनडटकम,
काठमाण्डौ : निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा बुधवार भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसुको कार्यालयमा आगलागी भएको जानकारी दिए । उनका अनुसार कार्यालय परिसरमा राखिएको पेट्रोलबाट आगो फैलिएको हो । आगलागीबाट मानवीय क्षति नभएपछि सुविसुको नेटवर्क देशैभर ठप्प भएको छ ।
भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा करिब ४० कर्मचारी कार्यरत थिए । यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन् । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगेका थिए। करिब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आयो ।
Next Post
भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन
२२ श्रावण २०७६, बुधबार १७:०८
सम्बन्धित
-
१ असार २०७४, बिहीबार १०:२७
कारागार भित्रै गरे थुनुवा कैदीले आत्महत्या
-
२९ बैशाख २०७९, बिहीबार १६:५४
नेपालगञ्जको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुने
-
१० बैशाख २०७५, सोमबार ०९:०२
सुन र चाँदीको रेडिमेड गहनासहित राई प्रहरी नियन्त्रणमा
-
२४ चैत्र २०७४, शनिबार २०:०९
ट्रकको ठक्करले यादव गम्भीर
-
१ फाल्गुन २०७७, शनिबार १६:३०
सिक्री चोरेको आरोपमा पक्राउ
-
२५ बैशाख २०८०, सोमबार १३:१०
गर्मीका कारण बाँकेलगायत आसपासको जनजीवन प्रभावित