बिषालु च्याउ खाँदा एकै घरका तीनको मृत्यु

१३ श्रावण २०७६, सोमबार १८:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : रोल्पामा बिषालु च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । जिल्लाको लुङग्री गाउँपालिका ६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुले गत साउन ८ गते बिषालु च्याउ खाएर गम्भीर विरामी भएका थिए । त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । त्यहाँ उपचारका क्रममा छोरा पुष्करको साउन ११ गते, छोरी सुनिताको आइतवार र आमा फुर्मलीको सोमवार बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


खजुरामा शिशुको मृत्यु
यस्तै पानीको बाल्टिनमा डुबेर बाँकेको खजुरामा एक शिशुको मृत्यु भएको छ । खजुरा गाउँपालिका ७ गुनाना बस्ने वारिस भाटकी १८ महिने छोरी जय भाटको प्लाष्टिकको बाल्टीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौली बाँकेले जनाएको छ ।

Next Post

फुटेको आँखाको भिजन आँखा अस्पतालमा सफल उपचार

१३ श्रावण २०७६, सोमबार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज   : आँखाको उपचारका लागि सामान्यदेखि जटिल समस्या लिएर काठमाण्डौ र भारतको लखनउ पुग्न नपर्ने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी सामान्यदेखि जटिल समस्याको सघन उपचार नेपालगञ्जको भिजन आँखा अस्पताल मै संभव भएपछि आँखाका विरामीले अनेत्र भौतारिनु नपर्ने भएको हो । कालिकोटकी ३३ वर्षिया शिला धामीको गाउँमै काम […]

सम्बन्धित