दुई लाखसहित कैलालीमा नौ जुवाडे पक्राउ

१० श्रावण २०७६, शुक्रबार १८:१५
 

सदरलाइनडटकम,
कैलाली : प्रहरीले कैलालीको गोदावरी नगरपालिकाबाट दुई लाखभन्दा बढी नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ । सुराकीले दिएको सूचनाका आधारमा अत्तरियामा रहेको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले २ लाख ३१ हजार आठ सय ३० रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर–३ का ३५ वर्षका डबल खड्का, सोही ठाउँका ४२ वर्षका लोकेन्द्रसिंह साउँद, वडा नम्बर–१ बस्ने ४० वर्षका नवराज भट्ट, सोही स्थानका ४२ वर्षका बेनुप्रसाद खरेल, कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर–४ का ३५ वर्षका सन्तोष चन्द रहेका छन् ।
यस्तै भीमदत्त नगरपालिका वडा नम्बर ३ कै २६ वर्षका रामबहादुर सिंह, सोही स्थानका ३३ वर्षका धिरेन्द्र बहादुर चन्द, ३२ वर्षका सन्जु राना, कञ्चनपुरकै महाकाली नगरपालिका ५ का ३० वर्षका रामदत्त जोशी रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारवाहीका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Next Post

नेपालगञ्जमा फुटपाथ अतिक्रमण हटाउन सुरु

१० श्रावण २०७६, शुक्रबार १८:१५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरका फुटपाथ अतिक्रमण हटाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके, जिल्ला प्रहरी र नेपालगञ्ज उप–महानगरको संयुक्त पहलमा शुक्रबारदेखि सुरु गरिएको हो । सुर्खेतरोडको कारकाँदो चोकदेखि बीपि चोकसम्म बाटोको दुबैतिर फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारीक उद्देश्यका सामाग्री हटाउन सुरु गरेको हो । अटेर गरेर नहटाउनेको […]