अदालतको गाडीमा आगजनी

१० श्रावण २०७६, शुक्रबार १६:२५
 

सदरलाइनडटकम,
बुटवल : जिल्ला अदालत नवलपुरको गाडीमा बिहीवर राति अज्ञात समूहले आगजनी गरेको छ । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा २ झ ३५०२ नं. को गाडीमा आगजनी भएको हो ।
आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगजनीबारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

Next Post

प्रदेश ५ लोक सेवा आयोगमा भट्टराई सिफारिश

१० श्रावण २०७६, शुक्रबार १६:२५
सदरलाइनडटकम, बुटवल : प्रदेश पाँचको लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश […]

सम्बन्धित