२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

सुतिरहेको अवस्थामा बर्दियामा एकको हत्या



सदरलाइनडटकम,
बर्दिया : धारिलो हतियार प्रहार गरी बर्दियामा एक जनाको हत्या भएको छ । बर्दियाको राजापुर नगरपालिका ३ नङ्गापुरका ५५ वर्षीय जयराम थारूको बुधवार राती हत्या भएको हो । थारुको आफनै घरको आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको घरमा मृतक थारु र उनकी बुहारी मात्र रहेको बताइएको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । मृतकका छोरा वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार ५ गते बिहीबार
ताजा समाचार