सदरलाइनडटकम,
नेपालगञ्ज : प्रहरीले भारतको सीमावर्ती रुपैडिहा बजारबाट नेपालगञ्ज आउदै गरेका एक किशोरका साथबाट ठूलो परिणाममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले शुक्रबार साँझ छ बजेतिर बर्दिया गेरुवा गाउँपालिका–२ का २६ का स्वरुप खत्रीका साथबाट २३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक बिरबहादुर थापाले खत्रीले रुपैडिहाबाट सो ब्राउन सुगर लिएर आउदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका खत्रीलाई बरामदी मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको प्रहरी निरिक्षक थापाले बताए ।
यसैगरी भारतीय सीमा सुरक्षा बल एसएसबीले ५ ग्राम ब्राउन सुगर सहित नेपालगन्जका एक युवक भारतमा पक्राउ परेका छन् । गौरब नाम गरेका उनी नेपालगन्जका हुन ।
भारतीय प्रहरीले उनको साथबाट रुपैडिहाको चकिया रोड चौराहमा रहेको रियाज मेडिकल स्टोरबाट रियाज अहमदलाई ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका दुबैजनालाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय कारागा पठाईएको भारतीय प्रहरीले जनाएको छ ।