सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका बजारको शुक्रवार सयुंक्त अनुगमन गरिएको छ । गाउँपालिका वडा नंं. ४ सिधानिया र ५ कम्दीमा रहेका विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मिठाई नास्ता पसलमा राखिएका मिठाईजन्य समाग्रीलाई राम्रोसंग सिसाभित्र राख्ने, सरसफाईमा विशेष ध्यान दिने, फर्म दर्ता नगरेका पसलहरुलाई दर्ता गर्नुपर्ने, पसलको बोर्ड राख्ने, रसायनको प्रयोग गरि फलफुल बिक्री नगर्न, दर्ता भएका पसलहरुको नियमित नविकरण गर्नुपर्ने जस्ता सुझाव दिइएको गाउँपालिका उपाध्यक्ष साहिदा बानोले बताए ।
पहिलो पटक स्थानीय तहका बजारमा संयुक्त अनुगमन टोली पुग्दा पसले व्यापारी दंङ्ग परेका थिए । पहिलो पटक अनुगमन गरिएकोले मापदण्ड पुरा नगरेका पसलेहरुलाई शुरुमा सुझावसहितको चेतवानी दिइएको बाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए । उहाँका अनुसार तोकिएको मापदण्ड पुरा नगरेमा कारवाही प्रक्रियामा अघि बढने छ । संयुक्त अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यक्ष बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, गाउँपालिका बजार अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धिताल, नासु ऋषिराज गौतम, इलाका प्रहरी कार्यालय कम्दीका इञ्चार्ज र पत्रकारको सहभागिता रहेको थियो ।
कम्दी मिलन चोकमा नास्ता पसल, फलफुल तथा तरकारी, दुग्ध डेरी उद्योग, किराना पसल, मासु पसल, हार्डवेयर जस्ता पसलहरु सञ्चालनमा रहेका छन । गाउँपालिकामा गठित बजार अनुगमन समितिले अबदेखि बजार अनुगमन प्रक्रियालाई अझ प्रभावकारी लैजाने गाउँपालिकाले जनाएको छ ।