मेलमिलापकर्तालाई पुनर्ताजकी तालिम

१४ जेष्ठ २०७६, मंगलवार १७:५४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले मेलमिलापकर्ता वडा संयोजकका लागि पुनर्ताजकी तालिम दिएको छ । यसअघि विभिन्न समयमा मेलमिलापकर्ताका लागि तालिम प्रदान गरेकोमा वडा संयोजकलाई पुनर्ताजकी गर्न तालिम दिइएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले मुद्दाभन्दा मेलमिलापमै जोड दिन मेलमिलापकर्ताहरुलाई सुझाव दिए । उनले वडाका जनतावीच हार्दिकता ल्याउने गरी काम गर्न मेलमिलापकर्तामा निखार प्रदान गर्नका लागि तालिम आयोजना गरिएको बताए ।
जनजागरण समाज खजुराको व्यवस्थापनमा भएको कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले मेलमिलापकर्ताहरुलाई काम गर्दा आउन सक्ने समस्या, उनीहरुले मेलमिलापका लागि अपनाउनु पर्ने विभिन्न विधि र प्रक्रियालगायतका कुराको पुनर्ताजकीका लागि तालिम दिइएको बताइन् ।
खजुरा गाउँपालिका महिला विकास सहायक निरीक्षक सुशीला न्यौपानेले खजुरा गाउँपालिकामा रहेका ८ वडाका मेलमिलाप संयोजक, न्यायिक समिति सदस्यलाई एक दिने पुनर्ताजकी तालिम दिइएको बताइन् ।

Next Post

‘शिक्षामा सुधारका लागि सबैको सहयोग आवश्यक’

१४ जेष्ठ २०७६, मंगलवार १७:५४
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिक्षामा आमूल परिवर्तन ल्याउन अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको प्रमुख दायित्व भएको बताएका छन् । आफु खजुरा क्षेत्रभित्रको शैक्षिक गुणस्तर उकास्न लागिपरेको भन्दै उनले समन्वयको खाँचो रहेको बताए । खजुरा–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिन्दुरीको ३७ औं वार्षिकोत्सव तथा […]