बलिउडका ‘एक्शन मास्टर’ वीरु देवगनको निधन

१३ जेष्ठ २०७६, सोमबार १७:५२
 

सदरलाइनडटकम,
काठमाण्डौ : बलिउड उद्योगमा एक्सनलाई नयाँ उचाइमा पुर्याउने वीरु देवगनको सोमवार ८५ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अजय देवगनका बुवा वीरु देवगन सन् १९६७ मा चलचित्र ‘अनिता’ मा स्टन्टम्यानका रुपमा बलिउड प्रवेश गरेका थिए । उनी पञ्जाबको अमृतसरमा बस्ने गरे पनि केही समयदेखि बिरामी रहेकाले मुम्बईको सान्ताक्रुज अस्पतालमा उपचाररत थिए ।
८० को दशकमा उनले थुप्रै चर्चित चलचित्रमा काम गरेका छन् । उनले काम गरेका चर्चित फिल्महरुमा ‘दिलवाले’(१९९४), ‘हिम्म्तवाला’(१९८३), ‘शंहशाह’ (१९९८) रहेका छन् । वीरुले १५० भन्दा बढी चलचित्रका स्टन्टको कोरियोग्राफी गरेका छन् । सन् १९९९ बनेको ‘हिन्दूस्तानकी कसम’ बाट उनले निर्देशनमा डेब्यू गरेका थिए ।
यस फिल्ममा अमिताभ बच्चन, मनिषा कोइराला, अजय देवगन, सुश्मिता सेनलगायतका कलाकारको अभिनय रहेको थियो । वीरु देवगनकी श्रीमती वीणा, अजय देवगन र अनिल देवगन गरी दुई छोरा र नीलम तथा कविता गरी दुई छोरी रहेका छन् ।
(एजेन्सी)

Next Post

बाँकेको धौलागिरीमा पाटेबाघको अक्रमणमा परी तीन घाइते

१३ जेष्ठ २०७६, सोमबार १७:५२
सदरलाइनडटकम, नेपालगन्ज : बाँके धौलागिरिमा सोमबार साँझ पाटेबाघको आक्रमणमा परेर तीन जना घाइते भएका छन् । घाइते मध्ये खजुरा गाउपालिका वडानं. ३ को धौलागिरिका ५० वर्षिय दीपबहादुर श्रीसको मात्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । बाँकी दुईजना घाइतेको खोजी भई रहेको छ । नेपालगन्जदेखि करिब ९ […]