ईदमा सार्वजनिक विदाको माग

११ जेष्ठ २०७६, शनिबार १४:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पवित्र पर्व इदउल फित्रको दिन परेको परीक्षा स्थगित गर्न र उक्त दिन सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको बताए । प्रधानमन्त्री ओलीले भने आवश्यक छलफल पछि मुस्लिम समूदायको पवित्र पर्व इदउल फित्रको दिन सार्वजनिक विदा दिनेबारे निर्णय गरिने बताए । यसअघि इदउल फित्रमा सार्वजनिक विदा दिने गरिए पनि वर्तमान सरकारले भने विदा कटौति गरेको छ ।

Next Post

मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेड हुने संकेत

११ जेष्ठ २०७६, शनिबार १४:५३
सदरलाइनडटकम, काठमाण्डौ : नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । काँग्रेस काठमाण्डौ क्षेत्र नं. ४ ले शनिवार काठमाण्डौमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए । कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने […]