सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय समिति बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको हो ।
‘पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।’
मन्त्रीपरिषद्बाट पारित भएर बैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक विरुद्ध महासंघले पदर्शन गर्दै आएको छ । उक्त विज्ञप्ति मार्फत् पहिलो चरणको आन्दोलन सफल गराउन सहयोग गर्ने सबैलाई महासंघले धन्यवादसमेत दिएको छ ।
Next Post
त्रिशूलीमा बस खस्दा मृतकको संख्या सात पुग्यो
५ जेष्ठ २०७६, आईतवार १६:०९
सम्बन्धित
-
१८ माघ २०७६, शनिबार १४:४३
नेपालगञ्जमा स्ट्रिट वर्कआउट प्रतियोगिता
-
९ मंसिर २०७४, शनिबार २०:०१
चुनावको मुखमै गुल्मीका प्रभावशाली नेता ज्ञवालीलाई जिताउन राजमोको सर्मथन
-
१५ मंसिर २०७९, बिहीबार १३:५४
बाँकेमा एकजना झुण्डिएको अवस्थामा फेला
-
२२ भाद्र २०७५, शुक्रबार १६:२६
चौथो स्थानमा रहेको नेपाली टोली स्वदेश फिर्ता
-
१० भाद्र २०७७, बुधबार २०:२५
नेपाली सेनाद्वारा सलामीका साथ कोरोना संक्रमितको शव व्यवस्थापन गरियो
-
२६ भाद्र २०७९, आईतवार १३:३९
बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए