चरेशसहित पक्राउ परेको व्यक्ति छुटाउन दबाबदिदै साँसद घेराबन्दीमा

३ जेष्ठ २०७६, शुक्रबार २०:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज, : चरेश तस्कर छुटाउन माग गर्दै बाँकेको नरैनापुरमा पाँच नंम्बर. प्रदेश सांसद कृष्ण केसी नमुना घेराबन्दीमा परेकी छन् । आफ्नो निर्वाचन क्षेत्र नयाँगाउ, खयरभट्टी लगायतको ठाँउको स्थलगत अवलोकन गरी फर्कदै गर्दा उनी घेराबन्दीमा परेकी हुन ।
नरैनापुर गाउपालिका कार्यालय अगाडि पसल गर्ने एक भारतीय व्यावसायीका साथबाट प्रहरीले ५ किलो चरेश नियन्त्रणममा लिएको निहँुमा व्यावसायीलाई रिहागर्न माग गर्दै प्रहरी चौकी घेरा हलेपछि कटकुईयातर्फबाट आउदै गरेकी सा.सांसद केसीको गाडि तोडफोड गरी आफुलाई घेराउ गरेको सांसद केसीले फोनमा बताईन ।
सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएकी सांसद नमुनालाई त्यहा रहेको भिडले चरेश सहित प्रहरी नियन्त्रणमा रहेका भारतीय व्यावसायीलाई प्रहरी हिराशत मुक्त गारउन माग गर्दै गाडी तोडफोड गर्दै घेराउ समेत गरेका थिए ।
स्थानीय तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत मानिसहरुको भिडले प्रहरी चौकीमा समेत आक्रमणको प्रयास गरेपछि हवाई फायर समेत भएको बताईएको छ ।
सांसद केसीको सुरक्षाको लागि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगीसकेको जानकारी आएको छ । भने सो घटनामा परेर दुईजना सस्शस्त्र प्रहरी घाइते भएको जानकारी आएको छ ।
यसैबीच सो घटनाबारे जानकारी लिनखोज्दा स्थानीय प्रशासन सम्पर्कमा आएन ।

Next Post

नरैनापुरमा सांसद केसीलाई बन्धक बनाउने प्रयास

३ जेष्ठ २०७६, शुक्रबार २०:५६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रदेशसभा १(१)बाट निर्वा्चित सांसद कृष्ण केसी (नमूना)लाई शुक्रबार नरैनापुरमा बन्धक बनाउने प्रयास गरिएको छ । सांझ ६ बजेदेखि सांसद केसीलाई गाउँपालिकाको कार्यालयबाट बाहिर आउन दिइएको थिएन । करिब ६ बजे नरैनापुर पुगेकी सांसद केसीलाई सदरमुृकाम नेपालगञ्जबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले शुक्रवार राती १० बजेर गाउँपालिकामा […]