२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

संघीय संसदको बजेट अधिवेशन शुरु



सदरलाइनडटकम,
काठमाण्डौ : संघीय संसदको बजेट अधिवेशन सोमवारदेखि शुरु भएको छ । सोमवार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन शुरु भएको हो ।
सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउदै पत्र पढेर सुनाउनु भएको थियो । बैठकमा अहिले अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य राख्दैछन् ।

प्रकाशित मिति : २०७६ वैशाख १६ गते सोमबार
ताजा समाचार