मेलमिलापले टुगिँदैन सम्बन्धविच्छेदका मुद्दा

१४ बैशाख २०७६, शनिबार १५:४५
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : सम्बन्धविच्छेदका मुद्दामा मिलापत्र नहुँदा बाँकेका स्थानीय तहको न्यायिक समितिले अदालतमा पठाउने गरेका छन् । मुद्दा दायर गर्नेले मिलापत्र गर्न नमानेपछि स्थानीय तहले सम्बन्धविच्छेदका मुद्दा अदालतमा पठाउने गरेको हो । डुडुवा गाउँपालिकाको न्यायिक समितिमा आएका सम्बन्धविच्छेदका सात वटा मुद्दामध्ये ६ वटा अदालत पठाइएको छ ।
न्यायिक समितिकी संयोजक एवं उपाध्यक्ष शाहिदा बानोले चालू आर्थिक वर्षको फागुनसम्म आएका सातवटा सम्बन्धविच्छेदका मुद्दामध्ये ६ वटा अदालत पठाएको बताइन् । उनले ती मुद्दाबारे शुरुमा सम्बन्धित पक्षलाई बोलाएर मेलमिलापको प्रयास गरिए पनि उक्त पद्धतिबाट नमिलेपछि अदालत पठाएको बताइन् । गाउँपालिकामा सानातिना विवादसमेत आउने गरेको भन्दै उपाध्यक्ष बानोले गत वर्ष २८ वटा विवाद दर्ता भएकोमा २५ वटा विवाद गाउँपालिकामै मिलाइएको जानकारी दिइन् ।
चालु आर्थिक वर्षको आठ महिनामा १५ वटा विवाद दर्ता भएको समितिले जनाएको छ । कहिलेकाँही मुद्दा दिने व्यक्ति नै सम्पर्कमा नआउने गरेकोले समस्यामा पर्ने गरेको उनले सुनाइन् । समितिमा घरायसी झगडा, पतिपत्नीबीच झगडा, सासु ससुराको झगडा, खेतबारीको विवादजस्ता सामान्य विवाद पनि आउने गरेको गाउँपालिकाले जनाएको छ ।

Next Post

आफ्नो स्वार्थको लागि सामाजिक खलल नपुराउ : मन्त्री राई

१४ बैशाख २०७६, शनिबार १५:४५
सदरलाइनडटकम,   नेपालगञ्ज  :  शहरी विकास मन्त्री मो. ईस्तियाक राईले संविधान निर्माण प्रकृयामा सबै कुरा हुन्छ हुन्छ भन्दै सहमति जनाउनेले अहिले जातियता र धर्मको नाममा समाजिक अवस्थामा खलबल्याउन कसैलाई पनि छुट नभएको बताएका छन् । संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सचिव समेत रहेका मन्त्री राईले शनिबार पार्टीको नेपालगन्ज उप–महानगर कमिटीको […]