मेशिन बिग्रिँदा सिकलसेलका विरामी मर्कामा

२८ चैत्र २०७५, बिहीबार १७:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको सिकलसेल रोगको पहिचान गर्ने इलेक्ट्रोफोरशिस मेशिन बिग्रिएको तीन महिना बितिसक्दासमेत मर्मत नहुँदा बिरामीहरु मर्कामा परेका छन् । मेशिन बिग्रिएपछि सिकलसेल जाँच गराउन आउने बिरामीलाई टिकट काट्ने ठाउँबाटै फर्काउने गरिएको छ ।
मेशिन मर्मतका लागि सप्लायर्स कम्पनीलाई बारम्बार आग्रह गर्दा समेत अटेरी गरिरहेको अस्पतालले बताएको छ । विशेष गरी थारु समुदायमा देखिने सिकलसेलको रक्त परीक्षणका लागि दैनिक १० देखि १५ जना बिरामी अस्पताल आउने गरेको अस्पतालका वरिष्ठ फिजिशियन डा. राजन पाण्डेले जानकारी दिए ।
अस्पतालको मेशिन बिग्रिएपछि बिरामीहरु निजी प्रयोगशालामा चर्को शुल्क तिरेर सिकलसेल परीक्षण गराउन बाध्य भएका छन् । अस्पतालमा निःशुल्क परीक्षण सुविधा भएपनि निजी प्रयोगशालामा एक हजार पाँचसदेखि दुई हजार रुपैयाँ शुल्क तिर्नु परेको बिरामीले गुनासो छ ।

Next Post

बाँकेमा पहिलो पटक फेन्सिङ्ग खेल

२८ चैत्र २०७५, बिहीबार १७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा बिहीबारदेखि फेन्सिङ्ग (तरबारबाजी) खेल शुरु भएको छ । काठमाण्डौमा केन्द्रित भएको फेन्सिङ्ग खेल पहिलो पटक राजधानी बाहिर आयोजना भएको हो । राष्ट्रिय खेलकुदसँगै फेन्सिङ्गको चौथो राष्ट्रिय प्रतियोगितासमेत शुरु भएको फेन्सिङ्ग एशोसिएशन नेपालका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । नेपालमा ९ […]

सम्बन्धित