सदरलाइनडटकम,
नेपालगञ्ज : चिकित्सकको आन्दोलनका कारण अन्यत्रका सरकारी अस्पतालमा सेवा अबरुद्ध भएपनि नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकले नियमितरूपमा सेवा दिँदै आएका छन् । अस्पतालका चिकित्सकले नियमितरूपमा सेवा दिएपछि बिरामी र आफन्त खुशी भएका छन् ।
चिकित्सक आन्दोलनका बेलासमेत सेवा पाएपछि खुशी लागेको त्रिपुरा सुन्दरी नगरपालिका–२, डोल्पाकी कुसुम थापाले बताइन् । उनले सेवा पाउने झिनो आशा लिएर आएको बेला छोरीको उपचार हुँदा खुशी लागेको बताइन् । उनको छोरीलाई मुटुको समस्या छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीका अनुसार भेरी अस्पतालमा सेवा अबरुद्ध नभएको बताए ।
हाड, जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. राहुल मिश्रले पनि नियमित रुपमा स्वास्थ्य सेवा दिँदै आएको बताए । बिरामी जाँच गरिरहेका उनले आएका बिरामीको स्वास्थ्य जाँच गरेर पठाउने गरेको बताए । उनले दैनिक एक हजार बिरामीको जाँच र उपचार गर्दै आएको बताए ।