२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

ट्राफिक नियम तोडेने ४८ वटा मोटरसाईकल नियन्त्रणमा



सदरलाइनडटकम,
नेपालगञ्ज   : होली पर्व मनाउने बहानामा ट्राफिक नियम तोडेर हिड्ने ४८ वटा मोटरसाईकल नियन्त्रणमा लिएर कारवाही गरी सचेत बनाएर छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा हेल्मेट नलगाउने, मापसे सेवन गरेका र क्षमता भन्दा बढी यात्रु बोकेर हिड्दै गरेका ४८ साधनलाई नियन्त्रणमा लिएर साँझ पाँच बजे कारवाही र सचेत बनाई छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहललपुर बाँकेका प्रहरी नायव निरिक्षक ओम पौडेलले जानकारी दिए ।

उनले सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले कडाईका साथ सडकमा खटिएको कारण बाँकेमा होलीको दिन कुनै पनि सडक दुर्घटना नभएको बताए ।

पर्व भन्दै ट्राफिक नियम तोडेर सवारी चलाउदा दुर्घटना हुने गरेकोमा ट्राफिक प्रहरी सचेत भएको कारण दुर्घटना टरेको हो ।

प्रकाशित मिति : २०७५ चैत ७ गते बिहीबार
ताजा समाचार