चितुवाको छालासहित नेपालगञ्जमा दुई पक्राउ

१ फाल्गुन २०७५, बुधबार १४:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : चितुवाको छालासहित नेपालगञ्जमा दुई जना पक्राउ परेका छन् । प्रदेश नं. ५ प्रहरी अनुसन्धान समुहले नेपालगञ्ज वडा नं. ४ बसपार्क क्षेत्रबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रदेश नं. ५ अनुसन्धान समुहका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए । छालासहित रोल्पा लिवाङ्ग नगरपालिका वडा नं. १ बस्ने ४४ बर्षीय चन्द्रबहादुर घर्ती र स्मृति गाँउपालिका २ बस्ने आइते बिष्ट मगरलाई पक्राउ गरिएको उनले जानकारी दिए । दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Next Post

डीपीएलमा काठमाण्डौको लगातार दोस्रो जीत

१ फाल्गुन २०७५, बुधबार १४:०९
सदरलाइनडटकम, कैलाली : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाण्डौ गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधवार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराउँदै काठमाण्डौले लगातार दोस्रो जित हासिल गरेको हो । काठमाण्डौले दिएको १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले निर्धाति २० ओभरमा […]