नमस्ते भिलेजमा भेलेन्टाईन स्पेशल कार्यक्रम हुँदै

  
  प्रकाशित मितिः शनिबार, माघ २६, २०७५       | 51 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : प्रेमी जोडिहरुको लागि लक्षित गरी प्रणय दिवस अर्थात ( १४ फेबु्रअरी भेलेन्टाईन डे) को अबसरमा गनापुरको नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेको आयोजनामा हुन लागेको सो कार्यक्रम पूर्ण रुपले मनोरञ्जनात्मक रहने बताउदै कार्यक्रमका निर्देशक ऋषि थापाले सास्कृतिक जमघटसहितको सो कार्यक्रमलाई चर्चित कलाकार अलमोडा र डिजे बिकासको प्रस्तुतीले युवा जोडिलाई आकर्षणको केन्द्र बनाउने दाबी गरे ।
उनले कार्यक्रम स्थलमा प्रवेशको लागि एकलको लागि ३५० र जोडिलाई ५ सय शुल्क लाग्ने बताए । फागुन २ गते दिउसो साढे ४ देखि राती साढे ९ सम्म सञ्चलन हुने जानकारी दिए ।
आयोजक संस्था नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष सुदन गुरुङ्गले युवा विद्यार्थीको माग अनुसार रमाईलो र मनोरञ्जनको लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न संघसंस्थाको सहकार्य रहेको जानकारी दिदै सबैलाई कार्यक्रममा सहभागि हुनको लागि अपिलसमेत गरे ।

प्रकाशित मितिः शनिबार, माघ २६, २०७५     4:28:38 PM  |