सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मू कश्मीर राज्यको कुलगाम जिल्लामा बिहीवार गएको हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् । श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरी बेपत्ता भएका हुन् ।
हिमपहिरोमा २० जना पुरिएपनि १० जनाको सुरक्षित उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन् । अधिकारीहरुका अनुसार प्रहरीलगायतको उद्धार टोली घटनास्थलमा खटिएको छ ।
बुधवारबाट नै कश्मिर घाटीमा भारी हिमपात भएको हो । पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो । कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको थियो । जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।
(एजेन्सीको सहयोगमा)
Next Post
प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सुधार
२५ माघ २०७५, शुक्रबार १०:३६
सम्बन्धित
-
१७ कार्तिक २०७८, बुधबार १८:४५
कैलालीमा एक महिलाको बेवारिस शव फेला
-
६ चैत्र २०७३, आईतवार १२:५०
नेपालगन्जमा केपी ओलीले भने : तोकिएकै मितिमा निर्वाचन गराउन खुट्टा नकमाउ सरकार
-
६ श्रावण २०७७, मंगलवार १९:२६
ब्राउन सुगरसहित हरिजन र तमौली प्रहरी नियन्त्रणमा
-
२७ माघ २०७७, मंगलवार १८:५९
भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेको कार्यालय स्थापना
-
२० श्रावण २०७६, सोमबार १९:२६
बाढी प्रभावित क्षेत्रमै उद्दारको कृतिम घटना अभ्यास
-
२४ असार २०७४, शनिबार २२:३४
जिल्ला समन्वय समिति बाँकेद्वारा बाँके खासकुस्माका ५५ जना जेष्ठ नागरिक सम्मानित(फोटो सहित)