सुविसु नेटले ल्यायो ‘भयंकर अफर’

२० माघ २०७५, आईतवार १३:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुविसु केवल नेट प्रालिले भयंकर अफर ल्याएको छ । सुविसुको नेपालगञ्ज शाखा प्रबन्धक रामप्रसाद आचार्यले भयंकर अफरमा ग्राहकका लागि फाईदै फाईदा भएको बताए ।
जडान सहित मोडियम, वाईफाई राउटर निःशुल्क सुविधा रहेको छ । १५ एमबिपिएस अनलिमिटेड फास्ट प्याक एक महिनाको मात्र भ्याट सहित एकहजार ५०० रुपिया शुल्क राखिएको छ ।
यसैगरी टिभी सेटअप बक्ससहित क्लियर टिभी एक महिनाको ९९९ रुपिया शुल्क छ । सेट अप बक्स र जडान सहित टिभी नेट संयुक्तमा २५ एमबिपिएस इन्टरनेट, ,राउटर, सेटअप बक्स, जडान शुल्क र साथमा एक महिनाको प्रिमियम फुल एचडी सहितको दुई हजार ३०० रुपिया मात्रै शुल्क रहेको शाखा प्रबन्धक आचार्यले बताए ।
यसैगरी प्रत्येक हप्ता १० जना ग्राहकलाई लक्की ड्रमा ३ महिना निशुल्क इन्टरनेट सुविधा र एक जनालाई बम्परमा ४५ इन्चको स्मार्ट टिभी उपलब्ध गराइने सुविसुका क्षेत्रीय प्रबन्धक खगेन्द्र शाहीले जानकारी दिए ।
लक्की ड्र प्रत्येक बिहिवार बेलुका ५ बजेपछि सुबिसुको अनलाईनमार्फत हेर्न सकिन्छ । सुविसु इन्टरनेट सेवा पछिल्लो समय ग्राहकको माग अनुसार फास्ट इन्टरनेट रहेको क्षेत्रीय प्रबन्धक शाहीले बताए ।

Next Post

माघ २१ को विरोध सभाप्रति बाँके क्षेत्रनं.१ काँग्रेसमा किचलो (दुबै विज्ञप्ती सहित )

२० माघ २०७५, आईतवार १३:४३
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली काँग्रेसको केन्द्र तथा जिल्लाले तय गरेको माघ २१ गते सरकारका कृयाकलाप विरुद्ध आयोजना गरिने बृहद बिरोध कार्यक्रमको विषयमा काँग्रेस क्षेत्रनं. १ क्षेत्रीय कमिटीमा विबाद देखिएको छ । नेपाली काँग्रेस क्षेत्रनं. १ का सभापति माधवराम खत्रीले सो विरोध कार्यक्रमको तयारीमा बैठक बस्ने कुरा झुठा भएको भन्दै कोहलपुरमा […]

सम्बन्धित