सदरलाइनडटकम,
नेपालगञ्ज : निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेड उदयपुर बाँके शाखाले आफ्ना सदस्य गृहणी महिलालाई उत्पादनसंग जोड्ने उदे्श्यले तीन दिने उद्यमशिलता विकास तालिम आईतबारदेखि नेपालगञ्जमा सुरु गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेतले तालिमको उद्घाटन गर्दै निर्धन लघुवित्तले गृहणी महिलालाई उत्पादनसंग जोड्दै बचत गर्न तथा उद्यमी बनाउनको लागि गरेको प्रयासमा वडाको तर्फबाट आफुहरु पनि सहयोग गर्न तयार रहेको बताए ।
उनले गृहणि महिलालाई बचत गर्न तथा ऋण लगानी गरी उद्यमी बनाउन निर्धन लघुवित्तले गरेको प्रयासमा गृहणीले आफ्नो तर्फबाट पनि उत्तिकै सक्रियता र चासो लिएर कामगर्न सुझाव दिदै भने–‘ कुनै ऋणीले आफुले लिएको ऋणबाट सञ्चालन गर्ने व्यवसाय डुवेमा त्यस्ता ऋणिलाई उकास्नको लागि निर्धनबाट ठोस कार्यक्रम आउनु पर्ने र आफ्नो लगानीको सुरक्षा गर्न पनि पहल गर्न आवश्यक छ ।’
निर्धन लघुवित्त संस्था क्षेत्रीय कार्यालयका प्रमुख जिताराम गौतमले गृहणी महिलालाई समुहमा आवद्ध गराई उनीहरुमा बचत गर्ने बानी बसाल्नुको साथै लगानीको सदुपयोग गर्नको लागि समुहका सदस्यहरु बाटै माग भएको विभिन्न व्यावसाय मुलक तालिम सञ्चालन गर्ने कार्यक्रम अन्तरगत तीन दिने तालिम आयोजना गरिएको बताए ।
उनले कर्जा, बचत, बिमा र रेमिटेन्समा निर्धनले काम गर्दै आएको जानकारी दिदै समुहका सदस्यहरुलाई परम्परागत व्यवासायबाट कसरी माथि उठाई उनीहरुलाई आधुनिक व्यावसायी बनाउन सकिन्छ भन्ने तौर तरिका सिकाईने जानकारी दिए । उनले निर्धन यतिबेला ३ लाख ३३ हजार १ सय ४१ घरधुरीमा पुगेको बताए ।
उदयपुर शाखाका प्रमुख रामउग्रह चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक गुल्सन ओखेडाले सञ्चालन तथा लेखापाल ईन्दिरा ज्ञवालीले स्वागत गरेको कार्यक्रममा परस्पुर शाखाका प्रमुख टोपबहादुर रास्कोटी, बेलासपुर महिला स्वाबलम्बन समुह की अध्यक्ष गीता थापा लगायतले तलिमको सफलताको कामना गरेका थिए ।
निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेड उदयपुर बाँके शाखामा २ हजार ९ सय ५६ सदस्य आवद्ध रहेको र ती सदस्यहरुमा १२ करोड २७ लाख लगानी गरि ८ करोड ८५ लाख बचत गरीएको शाखाका प्रमुख चौधरीले जानकारी दिए । सो तालिममा २५ जना सदस्य सहभागि रहेका छन् भने तालिममा सहजिकरण क्षेत्रीय प्रमुख गौतम, नवराज जोशीले गरेका छन् ।