उद्घाटन खेलमा जिभिएन र जनज्योति विजयी

५ माघ २०७५, शनिबार १९:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगञ्जमा मेयरकप अन्तरमावि तथा निमावि छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । नेपालगञ्ज–१, धम्बोझीको ग्रासरुट फुटबल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जिभिएन र जनज्योति पब्लिक स्कूल विजयी भएका छन् ।
उद्घाटन खेलमा जिभिएनले जय बागेश्वरी माविलाई २–१ गोलले पराजित गरेको थियो । जिभिएनका रमेश क्षेत्री र क्षितिज थापामगरले एक÷एक गोल गरे । अग्रता भने जय बागेश्वरीले अबि बुढामगरको गोलबाट लिएको थियो ।
मध्यान्तरसम्म एक÷एक गोल भएको खेलमा पेनाल्टी पाएपछि जिभिएन अगाडि बढेको हो । जय बागेश्वरीका खेलाडीले डीएरिया भित्र ह्याण्ड गरेपछि जिभिएनले पेनाल्टी पाएको थियो । त्यसलाई क्षितिजले सहजै गोलमा परिणत गरेर टीमलाई जिताए ।
यसैगरी दोस्रो खेलमा जनज्योति पब्लिकले एकतर्फी जीत निकाल्यो । जनज्योतिले सगरमाथा इमि स्कूललाई ७–० गोलले पराजित गरेको हो । जनज्योतिका तर्फबाट सरोज चौधरीले दुई गोल, बसन्त सिंह, धनबहादुर विसी र सुभाष बरालले एक÷एक गोल गरेका थिए । दुई गोल भने सगरमाथाका खेलाडीले आत्मघाती गरेका थिए । सगरमाथाका चिरिञ्जीवी पाण्डे र धिरज चौधरीले आत्मघाती गोल गरेका थिए ।
यसैबीच प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापामगर, राखेपका सदस्य विनोद मैनाली, ५ नम्बर प्रदेश खेलकुद परिषद्का अध्यक्ष भीम वली, नेपालगञ्ज वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए ।
प्रतियोगितामा आइतबार पनि दुई वटा खेल हुनेछन् । पहिलो खेल जनता नमूना र मेरी गोल्ड तथा दोस्रो खेल आदर्श मावि खजुरा र ब्राइटल्याण्ड कलेजका बीचमा हुनेछ ।  

Next Post

दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

५ माघ २०७५, शनिबार १९:०५
धनगढी  : कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु […]