अवैधरुपमा निकासी गर्न लागिएको मदिरा नष्ट

२३ पुष २०७५, सोमबार १८:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रहरीले सीमा क्षेत्रबाट ठुलो मात्रामा तस्करी हुन लागेको अबैध मदिरा नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित नेपाल भारत सिमा नजिकको जमुनाह गाँउबाट प्रहरीले आइतवार राती नेपालबाट भारतर्फ तस्कारी हुन लागेको बिभिन्न कम्पनीका एक सय ६४ कार्टुन रक्सी नियन्त्रणमा लिएको जनाएको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट गएको टोलीले भारततर्फ निकासी गर्ने उद्देश्यले लुकाई छिपाई राखेकोको अवस्थामा सो सामान बरामद गरेको हो ।



वडा प्रहरी कार्यालयका प्रमुख नारायण डाँगीका अनुसार उक्त सामान एक लाख पाँच हजार चार सय मुल्य बराबर रहेको छ । यस्तै प्रहरीले भारततर्फ निकासी गर्नका लागि राखिएको करीब एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

Next Post

सिंचाई सुविधाका लागि पहल गर्छु : मन्त्री पौडेल

२३ पुष २०७५, सोमबार १८:५५
सदरलाइनडटकम, नरैनापुर (बाँके) : प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँकेको नरैनापुर गाउँपालिकामा सिंचाई सुविधा पुर्याउनका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । सोमवार नरैनापुर पुग्नुभएकी मन्त्री पौडेलले कृषि उत्पादनको प्रचुर सम्भावना रहेको नरैनापुरमा डिप बोरिङ्ग जडानका लागि आफूले प्रदेश सरकारसंग योजना नै बनाएर […]