पाटेबाघको छालासहित दुई पक्राउ

२३ पुष २०७५, सोमबार १५:१७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : पाँच नंम्बर प्रदेश प्रहरीको प्रदेश अनुसंधान ब्यूरोबाट खटेको टोलीले दुर्लभ पाटेबाघको छाला, अंङ्ग र हड्डीसहित बाँकेको कोहलपुर बसपार्क नजिकैबाट दुईजनालाई नियन्त्रणमा लिएर अनु्संधान सुरु गरेको छ ।
प्रहरी निकट स्रोतका अनुसार पाटेबाघको छाला हड्डी सहित गगनपानी गाउपालिका वडा नं २ का वर्ष ३६ को कमल खत्री र पुरनवस्ती गाउपालिका–४ कञ्चनपुरका २१ वर्षिय हरी ढकाल प्रहरीको प्रदेश ब्यूरोको नियन्त्रणमा परेको हो ।
प्रदेश अनुसंधान ब्यूरो नेपालगञ्ज शाखाबाट प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
पाटेबाघको छालासहित पक्राउ परेका खत्री र ढकाललाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा आवश्यक अनुसंधान र कारवाहीको लागि बुझाईएको प्रहरी निकट स्रोतले जनाएको छ । बिस्तृत विबरण आउन बाँकी 

Next Post

महिला स्वास्थ्य स्वयंमसेवीका र आमा समूहबीच अन्तरक्रिया

२३ पुष २०७५, सोमबार १५:१७
सदरलाइनडटकम, नेपालगञ्ज  : महिला स्वास्थ्य स्वयंमसेवीका तथा आमा समूहले स्वास्थ्यको क्षेत्रमा खेल्न सक्ने भूमिकाको बारेमा आवद्ध महिला सदस्यलाई लक्षित गर्दैै अन्तरक्रिया गरिएको छ । नेपालगञ्ज उप–महानगर वडान १० वडा समितिको कार्यालयको आयोजना तथा शहरी स्वास्थ्य क्लिनिकको सहजिकरणमा हालै गाभर जोनमा परिचय, अन्तरक्रिया गरिएको थियो । जनप्रतिनिधि, कर्मचारीसहित आफ्नो वडा भित्रका […]