सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी.बल नेपाल गण हेडक्वार्टर बाँके नं.३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मरबहादुर थारुको नेतृत्वमा खटिएको चेक प्वाईन्ट टोलीले चौलिका चोकमा उक्त सामान बरामद गरेको हो ।
भारतको दिल्लीबाट जमुनाह भन्सार नाका हुँदै दाङतर्फ जाँदै गरेको ना ६ ख ५२६९ नं. को यात्रुबाहक बसलाई आइतवार जाँच गर्दा महिलाले लगाउने विभिन्न किसिमका ३ सय ३८ थान लत्ताकपडा बरामद भएको ३० नं. गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहराले बताए ।
राजस्व छली ल्याइएको करीब १ लाख ४२ हजार १ सय ५० रुपैयाँ बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
Next Post
निर्मलालाई यही सरकारले न्याय दिने : प्रधानमन्त्री ओली
२२ पुष २०७५, आईतवार १६:४७
सम्बन्धित
-
२१ पुष २०७७, मंगलवार ११:०७
तेह्र बर्षीय बालकसहित बाँकेमा तीनजनाको मृत्यु
-
११ कार्तिक २०८०, शनिबार १४:०३
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल
-
६ जेष्ठ २०७९, शुक्रबार १७:२८
शिक्षा क्षेत्रका बिकृति अन्त्यका लागि अदालतमा रिट दायर
-
२० जेष्ठ २०७७, मंगलवार १६:५९
बाँकेमा १७ र बर्दियामा ३ जना थपिए कोरोना संक्रमित
-
२५ चैत्र २०८०, आईतवार १७:२५
नेपाल ल्याईएको उन्नत जातका मुर्राराँगाबाट वीर्य संकलन सुरु
-
२५ चैत्र २०७६, मंगलवार १६:३२
जापानमा एक महिने आपातकाल घोषणा