डडेलधुरामा आगलागी हुँदा बीस लाखको क्षति

१४ पुष २०७५, शनिबार १५:४७
 

सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा २० लाखभन्दा बढी क्षति भएको छ । शुक्रवार राति करीब ९ बजे बागबजारमा आगलागी भएको थियो ।
बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ अन्दाजी २० लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ । क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले बताए ।
यसअघि पनि आगलागी भएको उक्त पसलमा अचानक विद्युत् शर्ट हुँदा आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । आगलागी नियन्त्रणका लागि अमरगढी नगरपालिकाको दमकलको प्रयोग गरिएको थियो ।

Next Post

साइकल दौड प्रतियोगितामा तामाङ प्रथम

१४ पुष २०७५, शनिबार १५:४७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुुद्धिबहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुुरी १ घण्टा ५७ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् । नेपालगन्ञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले प्रतियोगिताको सिट्टी फुुकेर उद्घाटन गरेका थिए । उपमहानगरपालिकाको सहयोगमा नेपालगञ्ज साइक्लिङ क्लवको आयोजना तथा […]