राष्ट्रीय खेलकुदको मिति पुनः सर्ने सम्भावना

११ पुष २०७५, बुधबार १७:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा हुने भनिएको ८ औं राष्ट्रीय खेलकुद प्रतियोगिताको मिति पुनः सर्ने सम्भावना प्रबल रहेको छ । राष्ट्रीय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बुधवार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता सर्नसक्ने सम्भावना ब्यक्त गरे ।
माघ २५ देखि फागुन ३ गतेसम्म नेपालगञ्जमा प्रतियोगिताको मिति तोकिएको छ । यसअघि मंसिरमा तय गरिएको थियो । उद्घाटनस्थल नेपालगञ्जस्थित रङशाला निर्माणको कार्यमा ढिलाई भएका कारण प्रतियोगिताको मिति केही दिन पछि सर्नसक्ने सदस्य सचिव विष्टको भनाई छ ।
रङशालाको प्याराफिट मलेशियाबाट ल्याएर जडान गरिदैंछ । एक सातामा हुनुपर्ने एलसी एक महिनापछि भएका कारण मलेशियन कम्पनीले १५ दिन थप समय मागेको छ । सदस्य सचिव विष्टले एलसीमा भएको ढिलाईका लागि जरिवाना भएपनि तिरेर सम्झौता अनुसारकै समयभित्र सामान ल्याउन तयारी गरिए पनि मलेशियन कम्पनीले दिन नसकेको अवस्थामा १५ देखि २० दिन सर्नसक्ने बताए ।
सदस्य सचिव विष्टले बुधवार प्रतियोगिताको नेपालगञ्ज रङशाला भित्र सचिवालय उद्घाटन गरेपछि प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले ८ औं राष्ट्रीय खेलकुदको सुनिश्चितता भएको भन्दै खुशी ब्यक्त गरे ।

Next Post

रासायनिक विषादि प्रयोग नगर्न कृषकलाई आग्रह

११ पुष २०७५, बुधबार १७:४४
सदरलाइनडटकम, खजुरा (बाँके) : तरकारी खेतीमा रासायनिक बिषादिको प्रयोग कम गर्न खजुरा गाँउपालिका वडा नं. ३ ले किसानहरुलाई तलिमसहित सचेतना अभियान शुरु गरेको छ । रासायनिक बिषादिको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि खजुरा गाँउपालिका वडा नं. ३ ले बिषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकहरुलाई तालिम शुरु […]