सदरलाइनडटकम,
दाङ : आगलागी हुँदा दाङमा एक बालकको मृत्युभएको छ । जनावर भगाउनका लागि बनाएको अट्वामा आगलागी हँुदा बबई गाउँपालिका ७ मलैखोलाका १० बर्षीय राजु घर्तीको जलेर मृत्युभएको हो । अट्वामा सुतेका बालक घर्ती रातमा तातो गराउनका लागि बालेको आगो अट्वामा सल्किएपछि जलेर मृत्यु भएको हो ।
शनिवार राती १२ बजे आगोलागेपछि आमा रामकली घर्ती र बहिनीसंग सुतेका राजु भाग्न नसक्दा जलेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । आमा रामकलीको हात र गाला जलेको छ । उनीहरुको परिवार जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि अट्वामा सुत्दै आएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख डक्टरप्रसाद चौधरीले बताए ।
यसैबीच बबई गाउँपालिकाले अग्निपीडित घर्ती परिवारलाई राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलका अनुसार किरिया खर्च १० हजार, २५ हजार बराबरको खाद्यान्न र लत्ता कपडा उपलब्ध गराईएको छ ।
Next Post
नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण
८ पुष २०७५, आईतवार १७:३५
सम्बन्धित
-
२२ असार २०७९, बुधबार १४:४९
नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक जना बेपत्ता
-
११ आश्विन २०८०, बिहीबार १८:३९
समाचारको विषयलाई लिएर कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख सेनद्वारा पत्रकारलाई गालीगलौज
-
३२ जेष्ठ २०८०, बिहीबार १४:५५
ठगी आरोपमा वडाध्यक्ष पक्राउ
-
१६ असार २०७८, बुधबार १६:१६
कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन
-
५ चैत्र २०७६, बुधबार १७:०४
उपचारमा संलग्न डाक्टरलाईनै कोरोना
-
२४ कार्तिक २०८०, शुक्रबार १२:३९
कांग्रेस बाँकेद्वारा संस्थापक नेताहरुलाई सम्झँदै माल्यार्पण