सदरलाइनडटकम,
कोहलपुर : तुलसीपुर उपमहानगरपालिका–३ राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि शनिवार काठमाण्डौ लगिएको हो ।
घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत १२ जनालाई थप उपचारका लागि लगिएको हो । शुक्रवार अपरान्ह करीब ४ बजे विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नं.को बस दुर्घटना भएको थियो । घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बस दुर्घटनामा परेको थियो ।
३८ यात्रु सवार बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, ३ गाडीका कर्मचारी, २ शिक्षक र १ शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ । दुर्घटनामा हालसम्म २३ जनाको मृत्यु भएको भइसकेको छ ।
Next Post
नेपालगञ्जलाई पछि पर्न दिईने छैन : अर्थमन्त्री खतिवडा
७ पुष २०७५, शनिबार १८:४१
सम्बन्धित
-
१५ पुष २०७७, बुधबार १५:३७
नेपालगञ्जमा वडा कार्यालय भवनको शिलान्यास
-
२ बैशाख २०७५, आईतवार १८:३५
क्यान्सर अस्पताल सञ्चालन हुने
-
२४ फाल्गुन २०८०, बिहीबार १८:२४
बर्तमान सत्ता गठबन्धन प्रगतिशील र अग्रगामी हो : पूर्व सभामुख सापकोटा
-
५ फाल्गुन २०७४, शनिबार १७:५७
डुडुवा गाउँपालिकाको पञ्चवर्षिय रणनीतिक योजना तयार गरिदै
-
७ पुष २०७४, शुक्रबार २१:४९
रेखा थापाले १६ वर्षमा विवाह गर्दा के भयो यसरी खोलिन राज… भिडियो सहित
-
८ मंसिर २०८०, शुक्रबार १५:४०
बढैयातालको उपाध्यक्षको भूमिकामा बालिका दुर्गा लुईटेल