सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके प्रहरीले शनिवार बेलुका सालको अवैध काठ बरामद गरेको छ । सीमावर्ती भारतीय जंगलबाट अवैधरुपमा फडानी गरी नेपाल भित्र्याइएको ५ थान सालको काठ बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाबाट प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नेतृत्वमा गएको गस्ती टोलीले करीब ४० हजार बजार मूल्य पर्ने उक्त काठ नेपाल भारत सीमा नजिकै अहिरापुरबाट बरामद गरेको प्रहरीले बताएको छ ।
प्रहरी टोली देखेपछि तस्करहरुले उक्त काठ फालेर फरार भएका थिए । बरामद गरिएको करीब १८ क्युफिट काठ आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय बाँकेमा आइतवार बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Next Post
सामाजिक कार्यका लागि चोरी गर्ने पक्राउ
१ पुष २०७५, आईतवार १४:१३
सम्बन्धित
-
२७ कार्तिक २०८०, सोमबार १५:५६
चालिस किलो सुकुटीसहित चार जना पक्राउ
-
५ श्रावण २०७६, आईतवार १८:१०
५० ग्राम ब्राउन सुगरसहति कुर्मी प्रहरी नियन्त्रणमा
-
९ जेष्ठ २०८०, मंगलवार १५:५०
नरैनापुर ५ नं.वडा कार्यालयबाट सूचना माग
-
१८ आश्विन २०७५, बिहीबार १७:२७
प्रधानमन्त्री ओली स्वदेश फर्किए
-
११ कार्तिक २०७६, सोमबार १३:४२
भारतमा तीन नेपालीको हत्या
-
२ जेष्ठ २०८०, मंगलवार १२:५०
अनशनरत सांसद गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै