महातरकारीद्वारा उनन्चालिस लाखको बजेट पेश

२८ मंसिर २०७५, शुक्रबार १८:४७
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : महातरकारी उत्पादन सहकारी संस्था लिमिटेड डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाको आज १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निरञ्जन सिँह सोडीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सचिव राम अधार सिँहले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका कोषाध्यक्ष जयपाल मौर्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । चालु आर्थिक वर्षको २५ लाख ४५ हजार ९ सय ८२ रुपैयाँको आयव्यय प्रस्तुत गर्दै मौर्यले आगामी वर्षको ३९ लाख ३ हजार अनुमानित बजेट समेत पेश गरेका थिए ।


उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कृषक समूह, सहकारी संस्था र कृषकहरुको समग्र विकासका लागि आफु सक्रिय रहेको बताए । हिरमिनिया कृषि पकेट क्षेत्र रहेकोले यस वडामा आफ्नो विशेष ध्यान रहेको भन्दै उनले हिरमिनियामा शीत भण्डार निर्माणका लागि यस वर्ष २० लाख बजेट विनियोजन गरिएको दावी गरे ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष मोहनराम मिश्रले वडा कार्यालयको समन्वयमा कृषिलगायत विकास निर्माण गर्न डुडुवा गाउँपालिकालाई सुझाव दिएका थिए । हिरमिनिया तरकारी पकेट क्षेत्र रहेको भन्दै उनले अरु खाद्यान्नभन्दा तरकारी र बीउबिजन उत्पादनमा विशेष जोड दिन आग्रह गरे ।



यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँकेका कृषि अधिकृत जीवन केसीले सरकारले अनुदानमा दिने गरेको कृषि औजारको दुरुपयोग हुने गरेको प्रति चिन्ता व्यक्त गरे । कृषि प्रयोजनका लागि राज्यले अनुदानमा दिएको ट्रयाक्टर ट्राली बालुवा ओसार पसारका साथै व्यापारिक कार्यमा प्रयोग गरिएको पाइएको भन्दै उनले यस तर्फ कृषकहरु आफै सचेत हुनुपर्नेमा जोड दिए ।
संस्थाका सदस्य सन्तोष मौयको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिलकुमार मिश्र, बल्दीपुर्वा कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेशकुमार यादव, भंघोटना कृषक समूहका सचिव अजय मौर्यलगायतले धारणा राखेका थिए ।

Next Post

पोषिला खाद्य पदार्थ उत्पादनमा राज्यमन्त्री चौधरीको जोड

२८ मंसिर २०७५, शुक्रबार १८:४७
सदरलाइनडटकम, नेपालगञ्ज : कृषि तथा पशुुपँक्षी विकास राज्यमन्त्री रामकुुमारी चौधरीले आफ्नो परम्परागत पोषिला एवं खाद्य पदार्थको उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । परम्परा पोषिला एवं खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुुधार गर्रौ भन्ने मुुल नारका साथ शनिवारदेखि नेपालगञ्जमा शुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै उनले परम्परागत पोषिला […]