प्रहरीसँग मुठभेड हुँदा सुनसरीमा लुटेराको मृत्यु

२४ मंसिर २०७५, सोमबार १५:३५
 

सदरलाइनडटकम,
सुनसरी : सुनसरीको कोशी गाउपालिका ७ स्थित मुसहरीमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । आइतवार राति १० बजे ५–६ जनाको समुहमा आएका व्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछी प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
मुठभेडमा अन्दाजी ३५ बर्षीय एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए । अन्य व्यक्तिहरु भने भारतीय सिमाना तर्फ भागेको फुँयालको भनाइ छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

सोह्र दिने अभियानअन्तर्गत नरैनापुरमा र्याली

२४ मंसिर २०७५, सोमबार १५:३५
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा र्याली निकालिएको छ । अभियानको सोमवार अन्तिम दिन गाउँपालिकामा र्याली निकालेर कोणसभा गरिएको हो । सय भन्दा बढीको संख्यामा सहभागी र्याली गाउँपालिका कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले लैंगिकताका आधारमा हुने हिंसा अन्त्य […]