सदरलाइनडटकम,
कैलाली : कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाउँमा छोराले आफ्नै बुवा र ठूलाबुवाको हत्या गरेका छन् । बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलाबुवा पल्टु थारुको हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
उनलाई प्रहरीले पक्राउ गरेको छ । आमा दिलबहादी देवी चौधरीको टाउको र बायाँ कानमा चोट लागेको बताइएको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
श्रीमती माइत गएको र आफूलाई जानकारी नगराई किन माइत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए । चौधरीले हत्या स्वीकार गरिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
Next Post
संयमित भएर कलम चलाउन अर्थमन्त्रीको आग्रह
२१ मंसिर २०७५, शुक्रबार १६:५०
सम्बन्धित
-
२५ असार २०७८, शुक्रबार १३:२५
आठ लाख डोज भेरोसेल खोप नेपाल आयो
-
२ चैत्र २०७६, आईतवार १०:३४
ब्यूरोको सक्रियतामा १८ किलो चरेश सहित ३ पक्राउ
-
१५ आश्विन २०७६, बुधबार १७:५३
पाँच किलो अफिमसहित एक पक्राउ
-
६ आश्विन २०७३, बिहीबार १४:२३
अन्तराष्ट्रिय शान्ति दिवसमा स्थानीय शान्ति समिति बाँकेलाई सम्मान
-
१६ कार्तिक २०७८, मंगलवार १७:०९
बाँकेमा मंगलवार ७ जनामा कोरोना पुष्टि
-
२१ भाद्र २०८०, बिहीबार १६:०३
रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी