सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा बुधवारराती आगलागी हुँदा एक करोड बढीको नोक्सान भएको छ । मेडिकल कलेज अगाडी रहेका राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी तथा धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियो ।
एक्कासी विद्यतु शर्ट भई आगलागी हुुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागी भएको थाहा पाउनासाथ पुगेका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमा ९० लाख बढीको औषधि जलेर नष्ट भएको अनुमान गरिएको बताए ।
Next Post
विपन्न महिलालाई तीन महिने सिलाई कटाई तालिम
२० मंसिर २०७५, बिहीबार १८:१०
सम्बन्धित
-
२३ पुष २०७५, सोमबार १९:०४
जवानको नेतृत्वको लागि आ–आफ्नो दाबी
-
२ असार २०७९, बिहीबार १५:३४
राप्ती आँखा अस्पतालमा बिरामीको चाप
-
१ कार्तिक २०८०, बुधबार १३:५०
लाइफलाइन हस्पिटलद्वारा मिर्गौलाका बिरामीलाई तालिम
-
११ फाल्गुन २०७८, बुधबार १३:१३
बाघको आक्रमणबाट बर्दियामा महिलाको ज्यान गयो
-
३० भाद्र २०८०, शनिबार १६:१३
जीवनभर छाडेन डुडुवाको डरले
-
६ पुष २०७९, बुधबार १३:०४
नदीजन्य पदार्थको दोहनविरुद्ध बैजनाथ गाउँपालिका घेराउ