धारिलो हतियार प्रहारबाट एक घाइते

  
  प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       | 444 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जको काराकाँदो राधाकृष्ण मन्दिर पछाडि बुधबार साँझ ७ बजे स्थानीय युवामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले दिएको जानकारी अनुसार गजेन्द्र चन्दले प्रहार गरेको धारिलो हतियारबाट सन्तोष कार्की घाइते भएका हुन ।
उनको दाहिने हातमा चोट लागेको छ । घाइते कार्कीको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भईरहेको छ । घटनालगत्तै फरार रहेका चन्दलाई प्रहरीले बाँकेको कोहलपुरबाट नियनत्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५     10:49:05 PM  |