ब्यावसायिक भैंसी पालन तालिम खजुरामा शुरु

१९ मंसिर २०७५, बुधबार १७:३२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : कृषकहरुको स्तरोन्नती एवं आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले बुधवारदेखि खजुरामा भैंसी पालन तालिम शुरु गरिएको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा ब्यावसायिक भैंसी पालन तालिम शुरु गरिएको हो ।
शनिवारसम्म सञ्चालन हुने तालिममा २६ जना भैंसीपालक कृषकको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले उद्देश्य अनुसार लिएको ऋणको सहि सदुपयोग गर्न आग्रह गरिन् । निर्धनका शाखा प्रमुख लेखनाथ काफ्लेले निर्धनले कृषकहरुको उद्देश्यअनुरुप लगानी गरिरहेको भन्दै यसको सहि प्रयोग गरी आयस्तर बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका एकजना ऋणि सदस्यको मृत्युपछि बिमा रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । खजुरा ५ की निर्मला बानियाको निधनपछि उनको विमा वापतको १ लाख ३८ हजार ४ सय ३२ रुपैयाँ उनका छोरा सन्तोषकुमार गुप्तालाई हस्तान्तरण गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष विक, वडा अध्यक्ष कान्तुराम गौतम, शाखा प्रमुख काफ्ले, क्षेत्रीय कार्यालय कोहलपुरका शाखा अधिकृत प्रेम सुवेदीले संयुक्तरुपमा विमाको चेक हस्तान्तरण गरेका थिए ।

Next Post

उद्यमका लागि साझेदारीको सहयोग

१९ मंसिर २०७५, बुधबार १७:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरमा सञ्चालित साझेदारी बिकास कार्यक्रम मार्फत वडान ८ का ११ वटा उद्यम समूहलाई उद्यम सञ्चालनको लागि नगद सहयोग गरिएको छ । उप–महानगरले हालै मात्र साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुसार गरिबिको रेखामुनी रहेका र ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै ऋण कार्यक्रम सञ्चालनमा ल्याएको थियो । […]