सदरलाइनडटकम,
बर्दिया : लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) तस्करी गर्ने एक जना भारतीय नागरिकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमाना निसानगाढा नजिकै मधुवन नगरपालिका ७ बाट भारतको उत्तरप्रदेश, जिल्ला बहराइच थाना मोतिपुर, मिहिपुरवा गाउँका २५ वर्षीय बिमलेशकुमार हरिजनलाई ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
ब्राउन सुगरसहित मंगलवार दिउँसो पक्राउ परेका हरिजनलाई प्रहरीले बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक मैनालीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका हरिजनको साथबाट बरामद गरिएको लागुऔषध २ लाख मूल्य बराबरको रहेको छ ।
पक्राउ परेका भारतीय नागरिक बिमलेश कुमार हरजन झण्डै ४ वर्ष अघिदेखि नेपालमा आएर ब्राउन सुगर कारोबारमा संलग्न रहेको बुझिएकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Next Post
पढ्नकै लागि दैनिक ९ किलोमिटरको दुरी तय गर्छिन सहेनाज !
१९ मंसिर २०७५, बुधबार १५:२७
सम्बन्धित
-
२७ कार्तिक २०७७, बिहीबार १६:४८
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
-
२२ चैत्र २०७९, बुधबार १८:४९
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो सिनेट बैठक सम्पन्न
-
१ बैशाख २०७७, सोमबार १६:३९
रौतहटका उन्नाइस वर्षीय युवकमा कोरोना संक्रमण
-
२९ पुष २०७५, आईतवार १७:५०
शमशानघाट निर्माणमा स्थानीय सक्रीय
-
१८ पुष २०७९, सोमबार ०९:२०
लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराजले गर्ने
-
१८ माघ २०७६, शनिबार १९:४३
गोर्खा युनईटेडको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न