सदरलाइनडटकम,
दाङ : दाङको गढवामा मंगलवार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ भने २ जना घाइते भएका छन् । बेलवाबाट गढवा आउँदै गरेको मोटरसाइकल गढवा ७ मानपुरमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
मोटरसाइकलमा तीनजना सवार थिए । रा ३ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटनामा गढवा ७ मानपुर निवासी २० वर्षीय दिनेश चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । उनीहरुको लमही अस्पतालमा उपचार भई रहेको छ ।


