सदरलाइनडटकम,
बुटवल : नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान समुह आरआईटी नेपालगञ्ज समुहले बुटवलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेश सहित ४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती करिव १० बजे २५ किलो चरेशसहित बुटवल उपमहानगर– १३ का ४० वर्षिय दिपेन्द्र घर्ती, जाजरकोट नलगाड नगरपालिका–२ बस्ने २८ वर्षिय रोहित सिंह बिक, खलंङ्गा नगरपालिका–९ का ४५ वर्षिय तिलक पुन र बरिकोट गाउँपालिका–१ बस्ने २८ वर्षिय टोपेन्द्र बोहरालाई नियन्त्रणमा लिएको हो ।
सो समुहका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको सोही टोलीले करिव महिना दिन अघिमात्र बुटवलबाटै ३७ किलो चरेश पक्राउ गर्न सफल भएको थियो ।
