बाँकेबाट आठौंकाे लागि भारोत्तोलन खेलका खेलाडीहरु छनोट

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५       | 162 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रादेशिक खेलका लागि बाँके जिल्लाबाट भारोत्तोलन खेलका खेलाडीहरु छनोट गरिएको छ । शुक्रबार नेपालगञ्ज रंगशाला परिसरस्थित भोरोत्तोलन जीममा भएको छनोट खेलबाट पुरुषतर्फ ९ तथा महिला तर्फ ३ जना खेलाडी छानिएका छन ।
मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका उपाध्यक्ष नरेन्द्र थापाले दिएको जानकारी अनुसार पुरुषतर्फ ६१ किलोग्राम तौल समूहमा तुषार बुढा, ६७ किलोग्राममा प्रशान्त योगी, ७३ किलोग्राममा सुरज बैश्य र अमन सिद्दिकी, ८१ किलोग्राममा अभियान चौधरी र हेमन्त सोनी, ८९ किलोग्राममा सादाब अमीन सिद्दिकी, ९६ किलोग्राममा रमेश जयसवाल र १ सय २ किलोग्राममा अरबिन्द गुप्ता छनोट भएको भारोत्तोलन प्रशिक्षक शकिल अहमदले जानकारी दिएका छन ।
त्यसैगरी महिला तर्फ ४९ किलोग्राम तौल समूहमा कविता चौधरी, ५९ किलोग्राममा तारा चौधरी र ७१ किलोग्राममा सम्झना क्षेत्री छनोट भएको प्रशिक्षक शकील अहमदले जानकारी दिएका छन । आगामी फागुनमा नेपालगञ्जमा आयोजना हुन लागेको आठौंको लागि शुक्रबारबाट देशभर बिभिन्न खेलका छनोट प्रतियोगिता शुरु भएका छन । 

प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५     7:53:51 PM  |