घोराहीका व्यवसायी घर्तीमगरको हत्या

१४ मंसिर २०७५, शुक्रबार १४:१८
 

सदरलाइनडटकम,
दाङ : घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको शरीरमा १६ ठाउँमा चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ । घर्तीमगरको लाशको सूक्ष्म निरीक्षण गर्दा १६ ठाउँमा चक्कु प्रहार भएको देखिएको प्रहरको भनाई छ ।
हत्या आरोपमा पक्राउ परेका रोल्पा तालाबाङ घरभई हाल घोराही १३ बासबोटमा घर निर्माण गर्दै आएका अमर खत्रीमाथि अनुसन्धान गर्दै जाँदा उनले अन्य तीन जनाको समेत हत्यामा संलग्नता रहेको बताएका छन् । घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको हात काटिएको र रगत लागेको कपडा फेरी सकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
घर बनाउन हार्डवेयरका सामान किनेको पैसा दिने विषयमा खत्रीले घर्तीको हत्या गरेको स्वीकारेको प्रहरीको अनुसन्धानले देखाएको छ । केही दिन पहिले ५ लाखको सामान किनेको र बाँकी तिर्नुपर्ने २ लाख ५४ हजार रुपैयाँ लिनका लागि साक्षी बस्न भन्दै खत्रीले व्यवसायी घर्तीलाई हिजो बेलुकी पसलबाट लगेका थिए ।

पसलदेखि करीब १ किलोमिटर टाढा व्यवसायीको चक्कु प्रहार गरि हत्या भएको थिए । व्यवसायी घर्तीको छाती, टाउको, हात र खुट्टा गरि १६ ठाउँमा चक्कु प्रहार भएको देखिएको छ । प्रहरी स्रोतका अनुसार घटनाको करीब ७५ प्रतिशत अनुसन्धान सकिएको छ ।
घटनामा अन्यको पनि संलग्नता देखिएको र उनिहरुको खोजी भईरहेकाले घटनाको विवरण छिटै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको चक्कुसमेत किनेको पसल पहिचान भईसकेको प्रहरीको भनाई छ ।


सुरक्षाको माग गर्दै हत्याविरोधमा पसल बन्द गर्न आव्हान


घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको चौतर्फी निन्दा र बिरोध भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आएका मगरको बिहीवार बेलुका छुरा प्रहार गरी घोराही १३ लामीडाँडा स्थित दुधेसोतामा हत्या भएको थियो ।
व्यवसायी हत्याको बिरोधमा जिल्ला उद्योग बाणिज्य संघ दाङ, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराही र नेपाल मगर संघ दाङले शोक बिज्ञप्ती जारी गरी हत्यारालाई कडा कारबाहीको माग गरेका छन् ।
बाणिज्य संघका अध्यक्ष नारायण भुषालले हत्याको बिरोध गर्दै शोकमा व्यवसायीहरुलाई पसल बन्द गर्न आह्वान गरेका छन् । साथै उनले शान्ति सुरक्षालाई मजबुद बनाउन स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । व्यवसाय सञ्चालनमा असुरक्षा देखिएको भन्दै उनले प्रत्याभुति हुने गरी सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
त्यसैगरी, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराहीले शोक बिज्ञप्ती जारी गर्दै हत्यारालाई कडा कारबाही गर्न र व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरण बनाउन स्थानिय प्रशासन सँग माग गरेको छ । समितिका अध्यक्ष दामोद केसीले बिज्ञप्ती जारी गर्दै हत्याको घोरभत्र्सना गर्दै हत्याको शोकमा शुक्रवार सबै हार्डवेयर व्यवसाय बन्द गर्न आग्रह गरेका छन् ।

Next Post

ट्रकले टेम्पोलाई ठक्कर दिदा एक घाइते

१४ मंसिर २०७५, शुक्रबार १४:१८
सदरलाइनडटकम नेपालगञ्ज  : बाँकेको बैजनाथ गाउपालिका वडा नं ६ को देउती ईटाभट्टा उद्योग अगाडि एचगाउमा शुक्रबार दिउसो साढे ४ बजे ट्रकले टेम्पोलाई ठक्कर दिदा एकजना घाइते भएका छन् । प्रहरी चौकी सम्झनाका ईन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक असई कुलबहादुर बमले दिएको जानकारी अनुसार भे १ ख १६८३ नं. को ट्रकले […]

सम्बन्धित