कोहलपुर क्रिकेट मैदानको निर्माण कार्य तीब्र

१२ मंसिर २०७५, बुधबार १७:५१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बर्षौंदेखि अलपत्र रहेको कोहलपुरस्थित अन्तराष्ट्रीय क्रिकेट मैदानले मुहार फेर्न थालेको छ । नेपालगञ्जमा हुन लागेको आठौं राष्ट्रीय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा उक्त मैदानको निर्माण प्रक्रिया शुरु गरिएको हो ।
आईसिसिको मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर कोहलपुर क्रिकेट मैदानमा पिच निर्माण गर्ने कार्य शुरू भएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताए । आगामी माघ २५ देखि सञ्चालन गरिने उक्त प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट तर्फको खेल कोहलपुरमा हुने निश्चित जस्तै भएछि बर्षौं अलपत्र र वेवारिसे भएको जीर्ण मैदानले रूप फेर्ने अवसर पाएको हो ।
क्रिकेट मैदानमा निर्माण गरिने कालोपत्रेकालागि विशेष खालको माटो आवश्यक पर्ने हुँदा माटोको सहज उपलब्धताले पिच निर्माण प्रक्रियामा थप सहजता आएको वलीले बताए । प्रतियोगिताका लागि ९० फिट लम्बाई र ३० फिट चौडाई क्षेत्रफलमा तीन वटा पक्की पिच निर्माण गरिने क्यूरेटर प्रफुल्ल प्रधानले जानकारी दिए । मैदान पिचकालागि बिभिन्न चरणमा काम गर्नुपर्ने भएकाले सोलिङ गर्ने, माटो पाट्ने, लेवल मिलाउने, घाँस उमार्नेलगायतका कार्यहरु डेढ देखि दुई महिनाभित्र सम्पन्न गरिसक्ने क्यूरेटर प्रधानले बताए ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर क्रिकेट मैदानमा आधुनिक शौचालय निर्माण गरिएको छ । आठौं राष्ट्रीय प्रतियोगितालाई लक्षित गर्दै ड्रेसिङ रुमसमेत निर्माण गर्न लागिएको राष्ट्रीय टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी कोहलपुर नगर विकास समितिको एक करोड ३८ लाख लागतमा मैदानको उत्तरतर्फ तटबन्धन गर्ने कार्यसमेत शुरु गरिएको छ ।

Next Post

कर्णालीवासीलाई सुर्खेतमै श्रम स्वीकृति मिल्ने

१२ मंसिर २०७५, बुधबार १७:५१
सदरलाइनडटकम, सुर्खेत : कर्णालीवासीहरुलाई श्रम स्वीकृति लिन संघीय राजधानी काठमाण्डौ जानु पर्ने बाध्यता हट्ने भएको छ । वैदेशिक रोजगारमा जाने कामदारले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रम स्वीकृति लिन पाउने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको बुधवार औपचारिकरुपमा उद्घाटन गरिएपछि यस्तो बाध्यता हटेको हो । कार्यालयको उद्घाटन गर्दै […]

सम्बन्धित